दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

हमासद्वारा बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण

गाजा । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास)ले आइतबार एक विज्ञप्ति जारी गर्दै इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको हमासको गाजास्थित अल–कासम ब्रिगेड्सले जनाएको छ । 

यस पहिले इजरायली डिफेन्स फोर्सेज (आइडीएफ)ले आफ्नो एक्स (ट्विटर)अकाउन्टमार्फत दिएको जानकारीमा बन्धकको दोस्रो समूहका १७ जनालाई रेडक्रसको जिम्मा लगाएको पुष्टि गरेको थियो ।  आइडीएफले लेखेको छ, “१३ जना इजरायली र चार जना थाईसहित १७ जना बन्धकहरू इजिप्ट हुँदै इजरायलतर्फ लागेका छन् । 

यस पहिले इजरायलले अस्थायी युद्ध विरामको तेस्रो दिन आफ्ना देशका थप १३ बन्धकहरू रिहा हुने तयारी भइरहेको जनाएको थियो । आइतबार मुक्त गर्ने भनिएका बन्धकहरूको तेस्रो समूहको सूची समेत इजरायलले शनिवार राती नै प्राप्त गरेको जनाएको थियो ।

अस्थायी युद्ध बिरामको लागि मध्यस्थता गरेको कतारले तेस्रो समूहमा सात जना विदेशी नागरिक समेत १३ जना रिहा हुने बताएको थियो ।

यसअघि दोस्रो चरणमा शनिवार ढिलो गरी हमास नियन्त्रणमा रहेका थप १३ जना इजरायली र चार जना थाई बन्धकहरू रिहा गरिएका थिए । इजरायलले समेत थप ३९ जना प्यालेस्टिनी बन्दी रिहा गरेको जनाएको छ । 

कतारले मध्यस्थता गरेको इजरायल–हमासबीचको चार दिने अस्थायी युद्ध विराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरायली बन्धकहरूको तेबर सङ्ख्यामा इजरायलले प्यालेस्टिनी बन्दीहरू छाड्ने गरेको छ ।

युद्ध विराम बिहानदेखि लागू भएपछि शुक्रवार १३ जना महिला र बालबालिका बन्धकहरूको पहिलो समूह इजिप्ट हुँदै इजरायलतर्फ फर्किएको थियो ।  (रासस/एएफपी)

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : २० बजे