सुनको मूल्यमा नयाँ कीर्तिमान

ट्याङ्करको ठक्करबाट किशोरीको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जमा ट्याङ्करको ठक्करबाट किशोरीको मृत्यु भएको छ ।

धम्बोझी चोक नजिकै सेतु विक चोक जाने मोडमा आइतबार साँझ ना.३ ख. ८८५२ नम्बरको ट्याङ्करले ठक्कर दिँदा भे.११ प.७६५७ नम्बरको मोटरसाइकलमा सवार नेपालगञ्ज १७ की १७ बर्षीया किशोरी सालिनी पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

बुवा दीपककुमार पाठकले चलाएको मोटरसाइकलमा पछाडि बसेकी पाठकको घटनास्थलमै मृत्यु भएको थियो ।

मोटरसाइकल चालक दीपक सामान्य घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ०९ बजे