आजबाट पुनः सुरु हुँदै द्रुत बस सेवा

काठमाडौं । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउँदै छ ।

गत असोज ३ गते संविधान दिवसको अवसर पारेर सुरु गरिएको द्रुत बस सेवा एक महिनामै बन्द गरिएको थियो ।

दसैँदेखि बन्द रहेको द्रुत बस सेवा आजबाट ११ वटा बस थपेर सञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । आजबाट काठमाडौं उपत्यकामा ३६ वटा द्रुत बस सञ्चालनमा आउने छन् । मन्त्री ज्वालाका अनुसार ती बस तीन–तीन मिनेटको फरकमा छुट्ने छन् ।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन, यात्रुहरूको जाम कम गर्ने तथा निजी सवारी साधन नभएका नागरिकलाई सार्वजनिक सवारीसाधनमा आकर्षित गर्ने उद्देश्यसहित संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि सञ्चालनमा आएको सो बस सेवा कात्तिक ४ गतेदेखि स्थगित भएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १० : ५३ बजे