पोखरामा मुर्रा राँगालाई  फूलमालाले स्वागत

कास्की। भारत सरकारले अनुदानमा दिएको मुर्रा राँगा मध्ये ७ वटा पोखरा आइपुगेका छन् । नेपालले पाएका १५ राँगामध्ये पोखरा आइपुगेका ७ वटा राँगालाई फुलमालाले स्वागत गरेका छन् । 

पोखरा १५ मा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा राँगा राखिएको छ । नेपालगन्जबाट बुटवल पाल्पा, स्याङजा हुँदै पोखरा ल्याइएको राँगालाई प्रजनन कार्यालयमा राखिएको हो ।

सबै राँगा करिब १ महिना क्वारेन्टिनमा राखेपछि मात्रै वीर्य सङ्कलन केन्द्रमा लगिने कार्यालय प्रमुख डा.जगदीश पाण्डेले जानकारी दिनु भयो
उहाका अनुसार उन्नत जातका मुर्रा राँगोबाट एकै पटकमा ३ सय डोज हाराहारी वीर्य संकलन गर्न सकिने छ । १ वर्षमा १५ देखि २० हजार डोज संकलन गर्ने लक्ष्य रहेको पाण्डे बताउनु भयो । 

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  २ : ५५ बजे