विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

४० रुपैयाँको प्रलोभन देखाई सात वर्षीया छात्राको बलात्कार, सञ्चालक पक्राउ

महोत्तरी   । महोत्तरीको गौशालामा छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालय पढ्न आएकी बालिकालाई बिहीबार दिउसो ४० रुपैयाँको प्रलोभन देखाई विद्यालयको छतमा लगेर बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालकलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाउनु भयो  ।

गौशाला नगरपालिका–५ स्थित गौशाला एकेडेमीमा अध्ययनरत ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालक ३३ वर्षीय जुगलकिशोर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताउनुभएको छ।

अभिभावकले इलाका प्रहरी कार्यालय गौशालामा  विद्यालय सञ्चालक साहले जवर्जस्ती करणी गरेको जाहेरी दर्ता गराएको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ९ : १४ बजे