सुनको मूल्यमा नयाँ कीर्तिमान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय सञ्चालन

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन् २०२३ को जनवरी १ मा उक्त विमानस्थलको उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएको करिब एक वर्षपछि बिहीबारबाट अध्यागमन कार्यालय सञ्चालनमा आएको हो । 

अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका लागि आवश्यक पर्ने सबै पूर्वाधार निर्माण भएसँगै बाँकी कार्यालय सञ्चालनका लागि आवश्यक सामाग्रीहरू परिपूर्ति गर्दै कार्यालय सञ्चालन गर्न थालेको अध्यागमन कार्यालय प्रमुख उपसचिव लिलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो । 

उक्त विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा कूल २९ जना कर्मचारीको दरबन्दी राखिएको छ । तत्कालको लागि भने अहिले १० जना कर्मचारीले कार्यालय सम्हालेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १२ : ३५ बजे