काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँको विभिन्न ठाउँबाट दुर्गा प्रसाईंको अभियान समर्थकहरू पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे । प्रहरीमाथि ढुंगामुढा गर्ने प्रदर्शनकारीहरूलाई पक्राउ गरेको अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काएको र अराजकता फैलाएको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए । त्यही क्रममा प्रहरीमाथि प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । बिहीबार बल्खुमा भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए।
प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार ११ : ०७ बजे
प्रतिक्रिया