दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमाले अध्यक्ष ओलीद्वारा ‘केपी ओली कप’ उद्घाटन

​​​​​​​​​​​​​​​​​​​​​काठमाडौँ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा ‘केपी ओली कप राष्ट्रिय ट्वान्टी-२०’ प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताको आयोजना एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा उद्घाटन गर्नुभएकाे छ ।  

अध्यक्ष ओलीले प्रतियोगिताको बलिङ र ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएकाे हाे । उद्घाटनपछि अध्यक्ष ओलीले खेलाडीहरूलाई व्यवसायिक बनाउनुपर्ने बताउनुभयाे । उहाँले खेलकुदमा मुलुकलाई समृद्ध बनाउनका लागि खेलाडीलाई व्यवसायिक बनाउनुपर्ने बताउनुभएकाे हाे । उहाँले त्यसका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने बताउनुभयाे।

मंसिर १५ सम्म पोखरा रंगशालामा हुने ‘केपी ओली कप राष्ट्रिय ट्वान्टी-२०’ प्रतियोगितामा ७ प्रदेशका सात टिम, तीन विभागीय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब) र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका दुई टिम सहभागिता रहेको छ ।

समूह ‘ए’ मा वाग्मती प्रदेश, कर्णाली प्रदेश र आयोजक एकेडेमी रातो, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डी’ मा त्रिभुवन आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी नीलो छन् ।

विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटार र बलरले जनही २० हजार र म्यान अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयाे । 

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  २ : ३४ बजे