काठमाडाैँ । राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच बल्खुमा भएको झडप साम्य भएको छ ।
कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि प्रसाईंका कार्यकर्ताले ढुंगा हानेपछि बल्खुमा केहीबेर झडप भएको थियो । सो क्रममा केहीबेर स्थिति तनावग्रस्त बनेकाे थियाे ।
अहिले सो क्षेत्रलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने अवस्था सामान्य बनेको छ । त्यहाँ प्रसाईंका समर्थकहरु नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।
प्रसाईंको समूह र युवा संघले आज छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई तीनकुनेमा र प्रसाईं समूहलाई बल्खु चोकमा प्रदर्शनका लागि ठाउँ तोकिदिएको छ ।
त्यसअघि उपत्यकाका विभिन्न स्थानबाट दुबै समूहले जुलुस निकालेका छन् ।
प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार २ : ०७ बजे
प्रतिक्रिया