विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कल ट्यापिङ र बैंक खाता ह्याक गर्ने गिरोहका ९ जना पक्राउ

धनगढी  । कल ट्यापिङ र बैंक खाता ह्याक गर्ने कार्यमा संलग्न भएको आरोपमा कैलालीको धनगढीबाट ९ जना पक्राउ परेका छन् । अनलाइन ठगीमा सक्रिय गिरोहका ९ जनामध्ये पाँच नेपाली र चार भारतीय रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नगद ४६ लाख ९१ हजारका साथै ल्यापटप ११ थान, मोबाइल ८ थान, वर्ल्ड लिंकको वाइफाई राउटर एक थान, हेडफोन १२ थान र किबोर्ड एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा डोटीको शिखर नगरपालिका–१० का २१ वर्षीय प्रशान्त बलायर, कञ्चनपुर पुनर्वास नगरपालिका–६ का २९ वर्षीय मीनबहादुर सुनार, बेल्डाँडी गाउँपालिकाका विशाल सुनार, कमल सुनार, जयराम सुनार रहेका छन् । यस्तै भारतको दिल्ली पालङ्गाका ३२ वर्षीय अमित कुमार, भारत उत्तम नगर दिल्लीका २६ वर्षीय कुनाल शर्मा, भारत करोलबाग दिल्लीका २४ वर्षीय निखिल कुमार, भारत दिल्लीका १९ वर्षीय प्रियंसु टापुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए ।

धनगढी–५ तारानगरस्थित शिवदत्त पाण्डेयको पक्की घरको दोस्रो तलामा कार्यालय खडा गरेर बसेको विशेष सूचनाका आधारमा उनीहरुलाई त्यहीँबाट पक्राउ गरिएको उनले बताए । उनीहरूले दुर्घटना बिमालगायत विषयमा प्रलोभनमा पारी पोल्यान्डलगायतका देशका नागरिकलाई अनलाइन ठगी गर्दै आएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १ : ४४ बजे