विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भरतपुरमा जुटकाे बोराभित्र भेटिए दुई शव

चितवन । भरतपुरमा बीभत्स अवस्थामा दुई शव फेला परेको छ ।

भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा हाली फालेको अवस्थामा महिला र पुरुष दुई जनाको शव फेल परेको हो ।

अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने मृतकको परिचय नखुलेको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । दुवै जनाको अनुहारमा चोटका कारण पहिचान हुन सकेको छैन ।

शवलाई पोष्ट मार्टमको लागि भरतपुर अस्पताल लगेको छ ।

 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ४ : ३० बजे