विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

डोटीमा  किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ 

सिलगढी। डोटीमा १७ वर्षीय एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा जिल्लाको बडीकेदार गाउँपालिका वडा न २ का १८ वर्षीय गोपाल साउद, १९ वर्षीय करन साउद र २६ वर्षीय प्रेम धामी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 

उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजेको समयमा किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ ।

घटना १ गतेको भए पनि प्रहरीलाई २ गते सूचना प्राप्त भएपछि आरोपित तीन जनालाई सोही दिन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिएको छ ।

पीडित किशोरीको नाम, थर वतन  गोप्य राखेर सम्मानित अदालतबाट माद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक विष्टले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १२ : ५४ बजे