संविधान विपरीतका गतिविधि नगर्न आग्रह

काठमाडौं । आदिवासी जनजाति महासङ्घ तथा विभिन्न जनजाती सङ्घ सङ्गठनले संविधान विपरीतका गतिविधि नगर्न सम्बद्ध पक्षसँग आग्रह गरेका छन् ।

महासङ्घले आज संयुक्त पत्रकार सम्मेलन गरी लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्रका उपलब्धिप्रति वितृष्णा उत्पन्न गर्ने किसिमका अभिव्यक्ति नदिन आग्रह गरेको छ ।

आदिवासी जनजातिको पहिचानको मुद्दालगायत उत्पीडित जाति, वर्ग, क्षेत्रका समस्या समाधानका निम्ति प्रयास नभएको महासङ्घले गुनासो गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ८ : ३१ बजे