सुनको मूल्यमा नयाँ कीर्तिमान

सर्वोच्च अदालतको न्यायाधीसमा ६ जनाको नाम सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीसमा ६ जनाको नाम सिफारिस गरिएको छ । न्याय परिषद्ले न्यायाधिश नियुक्तका लागि ६ जनाको नाम सिफारिस गरेको छ।

मंगलबार बसेको परिषद्को बैठकले सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र अब्दुल अजिद मुसलमानलाई न्यायाधीशका लागि नियुक्ति सिफारिस गरेको हो।

अब सिफारिसमा परेकाविरूद्व सुनुवाइका लागि उजुरी आह्वान गर्दै संसदीय सुनुवाइ समितिमा पठाइनेछ।

सुनुवाइ समितिले अनुमोदन गरेपछि नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ४ : ३१ बजे