दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

केपी ओली कप: सन्दीपको कप्तानीमा बागमती प्रदेशको टोली घोषणा

काठमाडौँ । पोखरामा हुने केपी ओली कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले बागमती प्रदेशको कप्तानी गर्ने भएका छन् ।

मङ्गलवार बागमतीले सन्दीपको कप्तानीमा प्रतियोगिता खेल्ने १४ सदस्यीय टोलीको टोली घोषणा गरेको हो। टिम सिनियर टोलीबाट सन्दीप र प्रतिश जि. सि तथा नेपाली टोलीबाट खेली सकेका इशान पाण्डे रहेका छन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मङ्सिर ७ देखि १५ गतेसम्म पोखरामा प्रथम केपी ओली कप टी२० क्रिकेट हुँदै छ । प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, वेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् ।

बागमतीको टोली:

सन्दीप लामिछाने(कप्तान), शुभ कान्साकार, आशुतोष घिरैया, रित गौतम, गौरव खड्का(विकेटकिपर), रोशन विक, प्रतीक श्रेष्ठ, सोनु देवकोटा, इशान पाण्डे, सुवास खत्री, प्रतिश जिसी, रामनरेश गिरि र दिपेश श्रेष्ठ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  २ : १३ बजे