डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रसाईंको प्रर्दशनमा आउनेहरुका लागि खाने बस्ने व्यवस्था,यी पार्टी प्यालेसमा बस्नेछन् बास

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँको नेतृत्वमा हुने भनिएको राष्ट्र ,राष्ट्रियता ,धर्म संस्कृति र नागरिक बचाउ अभियानमा सहभागी  हुन आउनेहरुका लागि काठमाडौँको विभिन्न स्थानमा खाने बस्ने व्यवस्था मिलाइएको छ । 

मंसिर ७ मा हुने भनिएको प्रर्दशनमा सहभागी हुन आउनेहरुका लागि उपत्यकाका बिभिन्न पार्टी प्यालेसहरुमा खाने,वस्ने व्यवस्था मिलाईएको अभियानको एक सस्यले बताए । 

उनका अनुसार स्काई पार्टी प्यालेस , मण्डप पार्टी प्यालेस ,मेरिगोण्ड पार्टी प्यालेस , बिजि पार्टी प्यालेस , सौगात पार्टी प्यालेस , पारिजात पार्टी प्यालेस,एस आर पार्टी प्यालेस लगायतका स्थानहरु खाने बस्ने व्यवस्था मिलाएको छ ।

गाउँगाउँबाट आन्दोलनमा सहभागी हुन आउनेहरुका लागि गाडीको पनि व्यवस्था पनि गरिएको उनले बताए । सहभागी हुनेहरु आन्दाेलनमा सहभागी रहुञ्जेलकाे सबै खर्च आफूहरुले बेहाेर्ने बताए । 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १२ : ३६ बजे