सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतीय महिला दुई किलो कोकिनसहित पक्राउ

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो लागुऔषध कोकिनसहित भारतीय महिला पक्राउ परेकी छिन् ।

कतारबाट काठमाडौं आएकी भारतीय महिला ३२ वर्षीया किम्रो साङ्गी पक्राउ परेकी हुन् । उनी नेपालबाट भुटान जान लागेको बेला लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थलबाट पक्राउ गरेको हो।

उनी इथियोपियाबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्।‍

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ५ : ४३ बजे