दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विश्वकप क्वालिफायरमा भाेली नेपाल र यमन भिड्ने

काठमाडौं । विश्वकप २०२६ क्वालिफायर एसियन जोन राउण्ड २ र २०२७ एएफसी एसियन कप छनोट दोस्रो चरणअन्तर्गत नेपाल र यमन बीचको पहिलो लेगको फुटबल खेल दशरथ रंगशालामा हुने भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त खेल भोली मंगलबार साझ ७ बजे हुने जानकारी गराइएको हो ।

फिफा वरियतामा १५६औ स्थानमा रहेको यमनसँग १७३औ स्थानमा रहेको नेपालको सो खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अर्बटो एनेसको मुख्य प्रशिक्षणमा नेपाली टोली हाल बन्द प्रशिक्षणमा छ ।

समूह चरणमा यूएईसँगको खेल ४–० ले हारेको नेपालले अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन । यस्तै, पहिलो खेलमा बहराइनसँग २–० ले पराजित भएको यमन पनि अंकविहीन छ ।

यमनसँगको खेलका लागि साधारण प्याराफिटतर्फ ४ सय र भिआइपी प्याराफिटतर्फ १ हजार टिकट दर कायम गरिएको छ । टिकटहरु खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने जनाइएको छ ।

खेलका लागि नेपाल आएका यमनको राष्ट्रिय टोलीलाई प्रशिक्षणको लागि च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको छ ।

प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रहेको जनाइएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले विश्वकप छनोटमा यमनविरुद्धको खेल जित्ने विश्वास व्यक्त गर्दै नेपालमा फुटबलको अवस्था राम्रो नभएपनि सक्दो राम्रो टिम बनाउने प्रयार गरेको बताएका छन् ।

उनले भने, ‘नेपालमा फुटबलको अवस्था सबैलाई थाहा छ, त्यसमा पनि हामीले जति सक्दो राम्रो टिम बनाउने प्रयास गरेका छौ ।’

नेपालले यसअघि सन् २०१९ को एसिया कपका लागि छनोटमा यमनसँग खेलेको थियो । जसमध्ये सन् २०१७ मा सशस्त्र प्रहरी बलको मैदान हल्चोकमा भएको खेल गोलरहित बराबरी भएको थियो । कतारमा भएको अवे खेलमा भने नेपाल यमनसँग २–१ ले पराजित भएको थियो ।

 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ४ : ०६ बजे