सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

दुई किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं । दुई किलो कोकिनसहित काठमाडौंस्थित त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

कतारबाट नेपाल आएर यहाँबाट भुटान जान लागेकी भारतीय महिलालाई लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थलबाट पक्राउ गरेको हो।

प्रहरीको लागु औषध अनुसन्धान ब्युरोको टोलीले सोमबार बिहान १० बजेतिर भारतीय नागरिकलाई विमानस्थलबाट नियन्त्रणमा लिएको हो। इथोपियाबाट दोहा हुँदै आएकी भारतको मिजोरोम राज्यकी करिब ३२ वर्षीया नागरिक किमरो साँगी पक्राउ परेकी हुन्।

उनको साथबाट प्रहरीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको छ। उनलाई अहिले लागुऔषध निण्न्त्रण ब्युरोले लगेर थप अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  २ : २९ बजे