सुनको मूल्यमा नयाँ कीर्तिमान

टिकटक प्रतिबन्धविरुद्ध रिटको सुनवाइ न्यायाधीश चुडालको इजलासमा

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दायर गरेका विभिन्न १० रिटलाई एकैसाथ राखी सुनुवाइ हुन लागेको हो । 

सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत खुलेकै दिन १० वटा रिट निवेदन दर्ता भएका थिए । सबै रिटमाथि एकसाथ सुनुवाइ हुने जनाइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ११ : ४० बजे