सुनको मूल्यमा नयाँ कीर्तिमान

दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

दाङ । दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दाङमा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा ४ प ८४६४ मोटरसाइकल र घोराहीदेखि तुलसीपुरतर्फ आउँदै गरेको रा७प ६५५४ नम्बरको मोटरसाइकल आइतबार बेलुका सवा ६ः०० बजेतिर ग्वार खोला नजिकै एक आपसमा ठोक्किँदा रा७प ६५५४ नम्बरको मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका ५ निवासी २८ वर्षीय अमृत केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  

यस्तै, अर्को मोटरसाइकल चालक सल्यान शारदा नगरपालिका १ श्रीनगर बस्ने २४ वर्षीय दिनेश बुढाथोकी र पछाडि सवार सोही ठाउँका २४ वर्षीय कमल केसीको अवस्था सामान्य रहेको छ ।

 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : २९ बजे