साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

फिल्म ‘दिमाग खराब’ को व्यवसाय र शो दुवै बढयो

काठमाडौँ । तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको फिल्म हो ‘दिमाग खराब’ । निश्चल बस्नेत निर्देशित फिल्मले रिलिजको पहिलो साता अपेक्षित व्यवसाय गर्न सकेन । बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ले गर्दा फिल्मले व्यवसाय नगरेको मात्र होइन, शो समेत कम पाएको थियो ।

दोस्रो साता भने फिल्मको व्यवसाय र शो दुवै बढेको छ । ‘टाइगर ३’को यो साता व्यवसाय खुम्चिएको कारण ‘दिमाग खराब’लाई फाइदा पुगेको हो ।

‘माउथ पब्लिसिटी’ र विभिन्न बिदाले फिल्मको व्यवसायी एकाएक बढेको हो । फिल्मको शनिबार (हिजो) र आइतबार (आज) पनि राम्रो व्यवसाय रहेको निर्माता रौनक विक्रम कँडेलले जानकारी दिए ।

‘टाइगर ३’लाई दर्शकबाट कमजोर प्रतिक्रिया मिलेपछि फिल्मको भारतसँगै नेपालमा पनि व्यवसायमा गिरावट आएको छ ।  जसको कारण ‘दिमाग खराब’को व्यवसाय बढेको हो । केही मल्टीप्लेक्सहरुले अहिले ‘टाइगर ३’लाई भन्दा बढी शोज ‘दिमाग खराब’लाई दिइरहेका छन् । 

खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया लगायतको अभिनय रहेको फिल्मले अहिलेसम्म ४ करोडको व्यवसाय गरिसकेको निर्माण युनिटले जनाएको छ । 

सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्म आकाश बरालले लेखेका हुन्, भने छायांकन सुशन प्रजापतिको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ९ : ३३ बजे