बाँके । बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका९८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
थारूले ती किशोरीलाई शनिवार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार ५ : ३८ बजे
प्रतिक्रिया