डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

छठघाट निर्माण गर्न खटिएका युवककाे पोखरीमा डुबेर मृत्यु

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका –७, पोखरी टोलमा आइतबार बिहान छठघाट निर्माण गर्न खटिएको एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

घरनजिकको पोखरीमा आइतबार बेलुका छठीमाताको पूजा गर्न छठघाट निर्माण गर्नेक्रममा ईश्वरपुर नगरपालिका –६, बयलवास निवासी भुवनेश्वर साहका २२ वर्षीय छोरा सन्तोष साहको मृत्यु भएको हो । 

युवकलाई पोखरीको पानीमा डुब्नासाथ उद्धार गरी अमृत हेल्थ केयर बयलवास लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । परिवारका सदस्यका अनुसार युवक केही सातापछि अष्टे«लिया जाने तयारीमा रहनुभएको थियो । छठ पूजाको भव्य तयारीमा जुटेका स्थानीय युवकको दुःखद निधनपछि स्तब्ध बनेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  २ : ५६ बजे