‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई निजी अभ्यास नगराउन निर्देशन 

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकलाई निजी अभ्यास (प्राइभेट प्राटिक्स) नगराउन निर्देशन दिएको छ  । 

सरकारी छात्रवृत्तिमा डीएम÷ एमसीएच/एमडी/एमएस/एमडीएस पढेका विशेषज्ञ चिकित्सकलाई प्राइभेट प्राटिक्स नगर्न निर्देशन दिइएको हो । 

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले बिहिबार सबै प्रतिष्ठान, सङ्घीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई पत्राचार गर्दै सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि–२०७२ अनुसार सरकारी छात्रवृृत्तिमा चिकित्सक विषय बढेका विशेषज्ञ चिकित्सकलाई प्राइभेट प्राटिक्स नगर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो । 

उहाँले छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकलाई अस्पतालमा विस्तारित सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने भनिएको जानकारी दिनुभयो । 

मन्त्रालयले विषेशज्ञ चिकित्सकलाई अस्पतालको आवश्यकताको आधारमा फस्ट अनकल ड्युटि (इमरर्जेन्सी) मा सहभागी हुन निर्देशन दिएको छ । 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : १७ बजे