डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सोमबार लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक विदा

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले भोलि मंसिर ४ गते सोमबार प्रदेशका चार जिल्लामा सार्वजनिक विदा दिएको छ ।

प्रदेश गृहमन्त्रालयले विदा सम्वन्धि सूचना निकालेर छठ पर्वको समापनको अवसरमा प्रदेशका चार जिल्लाहरुमा सार्वजनिक विदा दिने जानकारी गराएको हो ।

मंसिर ४ गते सोमबार छठ पर्वको समापनको अवसरमा लुम्बिनी प्रदेशको नवलपरासी,रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको प्रदेशको गृहमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

छठको पर्वको अवसरमा आज देशैभर सार्वजनिक विदा दिइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १० : ४३ बजे