डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

भूकम्पपीडितलाई चिनियाँ रेडक्रसको एक करोड ३२ लाख

काठमाडौँ । जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले रु एक करोड ३२ लाख मानवीय सहायता स्वरूप प्रदान गरेको छ । 

नेपालका लागि चीनका राजदूत छन सङले शनिवार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गर्नुभएको हो ।

चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढङ्गले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताउनुभएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ९ : १४ बजे