दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

महिला टी–२० सिरिज : तेस्रो स्थानका लागि नेपाल र जापान भिड्दै

काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले अहिले तेस्रो स्थानका लागि जापानसित खेल्दै छ । 

हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघि समूह चरणको अन्तिम खेलमा शनिवार नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो । 

समूह चरणको पहिलो र दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा बुधवार तान्जानियासित २७ रनले तथा दोस्रो खेलमा बिहीबार हङकङसित नौ विकेटले पराजित भएको थियो । जापान समूह चरणका तीन वटै खेलमा पराजित भएको थियो ।  

महिला टी–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।

आइसिसी बरीयतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् ।

तान्जानिया र हङकङले आज नै उपाधिका लागि खेल्ने छन् । 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ७ : ५२ बजे