डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

आमाछोरा मृत अवस्थामा फेला

प्युठान –  प्युठानमा आमाछोरा मृत फेला परेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका–३ खवांगमा आमाछोरा मृत फेला परेका हुन् ।

खवांगको काइया भन्ने स्थानमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाहानेले जनाएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापा नेतृत्वको टोली खटेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ९ : ५३ बजे