‘नेशनल डे कन्सर्ट’ सम्पन्न

चीनद्वारा नयाँ पुस्ताको समुन्द्री उपग्रह प्रक्षेपण

काठमाडौँ  । चीनले नयाँ पुस्ताको समुन्द्री उपग्रह प्रक्षेपण गरेको छ । चीनले नयाँ पुस्ताको महासागर रङ अनुगमन उपग्रह अन्तरिक्षमा पठाएको हो । जसले समुन्द्री पानीको सुधार गर्न मद्दत गर्दछ । यो विश्वको पहिलो उच्च परिशुद्धता महासागर रंग अवलोकन उपग्रह हो । जसले विश्वभरका विभिन्न जल निकायहरूलाई लक्षित गर्दछ ।

यसले पानीको रंग, पानीको तापक्रम, समुन्द्री बरफ, निलम्वित पदार्थ र पानीको पारिस्थितिको बारेमा अनुसन्धान गर्नेछ । चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनअन्तर्गत पृथ्वी अवलोकन र डाटा केन्द्रका उपप्रमुख इन्जिनियर मेङ लिङ्जीले उपग्रहले चीनको मुख्य समुन्द्री मार्गहरूको लागि रिमोट सेन्सिङ सेवाहरू प्रदान गर्ने बताए । साथै माछा पालन स्रोतहरूको उपयोग र समुन्द्री प्रदूषण अनुगमनलाई बढावा दिने उनले बताए ।

यो उपग्रह उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ११:५५ बजे (बेइजिङ समय) लङ मार्च–२सी क्यारियर रकेटद्वारा प्रक्षेपण गरिएको थियो । पछि यो सफलतापूर्वक योजनावद्ध कक्षमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ५ : ३६ बजे