सुनको मूल्यमा नयाँ कीर्तिमान

बिद्युत् सर्ट भएर आगलागी हुँदा धनगढीमा अस्पतालसहित ८ पसलमा क्षति

कैलाली  । कैलालीको धनगढी बजारमा आगलागी हुँदा अस्पतालसहित ८ वटा पसलमा क्षति पुगेको छ ।

धनगढी बजारको मुख्य भागमा रहेको नेपाल खाद्य संस्थान भवनस्थित सारथि अस्पताल सहितका आसपासका ८ पसलमा गए राति बिद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

जनरल स्टोरबाट अचानक विद्युत् सर्ट भएर आगलागी भएको र क्षतिको यकिन विवरण सङ्कलनका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

धनगढी, पुर्नवास गोदावरी नगरपालिकाबाट आएका दमकल तथा सुरक्षाकर्मीको सहयोगमा आगो निभाइएको र आगलागी नियन्त्रण कार्यका लागि नेपाल प्रहरी, नेपाली सेना  र सशस्त्र प्रहरीको टोली खटिएको जनाइएको छ । 

आगलागीबाट सारथि अस्पताल, भण्डारी जनरल स्टोर एण्ड सु-सेन्टर, मधुमाला देवी सप, भट्ट सपिङ सेन्टर, सुभिक्षादेवी सपिङ सेन्टर, न्यु सदीक्षा इन्टरप्राइजेज, भण्डारी सु-(सेन्टर, भट्ट ट्रेडर्स एण्ड सप्लायर्समा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ९ : ४५ बजे