डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान

काठमाडौ । भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेकी छिन् ।

कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वल्र्ड रेकर्डमा दर्ता गराएकी हुन् । यसअघि कालापत्थरमा महिला स्काइ डाइभरको पाँच हजार तीन सय ४२ मिटरको रेकर्ड कायम थियो ।

महाजनले उक्त रेकर्ड तोडेर विश्व कीर्तिमान कायम गरेकी हुन्। न्यूजील्याण्ड र अमेरिकाका दुई स्काइ डाइभरको रेकर्ड थियो । एकचालिस वर्षीय महाजन भारतको पुनेकी स्काइ डाइभ र खेलकुद क्षेत्रमा सक्रिय छिन् । उनले भारतको प्रसिद्ध पद्यमश्री पुरस्रकार प्राप्त गरिसकेकी छिन् ।

‘एभरेस्ट स्काई डाइभ’ कम्पनीमार्फत गएकी महाजनले ११ नोभेम्बरदेखि १३ सम्म सगरमाथा क्षेत्रबाट चार पटक ‘स्काई डाइभ’ गरेर कीर्तिमान कायम गरेकी हुन् । महाजनको रेकर्ड गिनिजबुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

रेकर्ड प्रमाणित गर्न कागजात वल्र्ड रेकर्डका प्रतिनिधिलाई काठमाडौँमा आयोजिक एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । यो याममा १० जनाले स्काइ डाइभ गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ७ : १४ बजे