डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

जाजरकोटका जीर्ण घर व्यवस्थापन गर्न जिफन्ट फिल्डमा

काठमाडौ । जाजरकोटका भूकम्प पिडितका लागि नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) बाट खटिएका स्वंयसेवकहरुले घटननस्थलमा काम सुरु गरेका छन् । जाजरकोट भूकम्पले क्षतिग्रस्त बनेका घरहरुको सफाई सुरु गरेको छ ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीका अनुसार भुकम्पले क्षतिग्रस्त भेरी नगरपालिका-३, माथिल्लो थाप्लेका सम्पूर्ण घरहरुका सफाई अभियान सुरु गरिएको छ ।

घर्तीका अनुसार एमालेको भातृ संगठन जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा करिब ५० जनाको सीपयुक्त जनशक्तिको सहयोगमा सफाई अभियान सुरु गरिएको हो।

शुक्रबार बिहान ७ बजे बाट सुरु भएका सफाई अभियान केही दिन जारी रहने छ ।

गत कार्तिक १७ गते राती ११ ४७ मा जाजरकोट बारेकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी सो नगरपालीकाका ४५ जनाको मृत्यु हुनुका साथै ठूलो मात्राको भौतक संरचनामा क्षति पुगेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  २ : ३६ बजे