डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

हेटौँडामा सालनालसहितको बच्चा झाडीमा भेटियो

काठमाडौं । हेटौंडाको हुप्राचौर सालनाल सहित बच्चा फेला परेको छ । बच्चा रोहीरहेको आवास सुनेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।

सालनाल सहितको बच्चा यत्तिकै झडीमा फालिदिदाँ शिशुको खुट्टा र हात कोतारिएको छ । प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको आश्रमले जनाएको छ ।

हेटौंडा अस्पतालमा उपचाररत शिशुको अवस्था भने सामान्य रहेको मानवसेवा आश्रम मकवानपुरकी संयोजक इशा थापाले बताउनुभयो ।

बच्चा कसले सडकमा ल्याएर फ्याल्यो हालसम्म खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धमान चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक रुद्र पराजुलीले बताउनुभयो।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १२ : ४६ बजे