सुनको मूल्यमा नयाँ कीर्तिमान

अस्पतालको ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ

धनगढी । अस्पतालको ल्यापटप चोरेको आरोपमा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) पक्राउ परेका छन् ।

कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालको ल्यापटप चारेको आरोपमा असई रमेश भण्डारी पक्राउ परेका हुन् । भण्डारीले तालिमको लागि आएका बेला अस्पतालको ल्यापटप चोरेको आरोप लगाइएको छ ।

उनीमाथि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १० : २२ बजे