डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

बस दुर्घटना हुँदा २० जना घाइते

काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् ।

बा.प्र.०३–००१ नम्बरको बस गएराति रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा सडकबाट तल खसेको हो ।

घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बसमा ३८ जना यात्रु सवार थिए ।

प्रहरीले बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई नियन्त्रणमा लिएको छ । घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : १२ बजे