सुनको मूल्यमा नयाँ कीर्तिमान

माओवादी नेतालाइ आक्रमण गर्ने तीन जना पक्राउ

काठमाडौं– एक साताअघि काठमाडौंको नयाँ बानेश्वरमा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

करिब २२–२३ वर्षका युवकले उनलाई आइपेक्स मल नजिकै रड प्रहार गरेका थिए। रड प्रहार गरेर आक्रमणकारी भागेका थिए।

आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले मेचीनगर–१३ शेर्पाका कैलाश प्रधान, कोहलपुरका आशिस लामिछाने मगर र कोहलपुरकै सेरुबहादुर सिंह चौधरीलाई पक्राउ गरेको जनाएको छ।

कात्तिक २२ गते साँझ भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई आज पक्राउ गरेको हो। पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १० : २१ बजे