दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आगलागीबाट चीनमा २५ को मृत्यु

बेइजिङ । उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको र दर्जनौँलाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । 

लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ः५० मा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ । उक्त टिभीले आगलागीमा परेर २५ जनाको मृत्यु भएको पुष्टि गरेको हो । 

 यसअघि सिसिटिभीले ६३ जनालाई उक्त भवनबाट बाहिर निकालिएको र तीमध्ये ५१ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको थियो । यद्यपि टिभीले अस्पतालमा पुर्याइएकामध्ये कसैको मृत्यु भएको हो होइन भन्नेबारे केही बताएको छैन । 

“उद्धार कार्य जारी छ र कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ”, सिसिटिभीले भनेको छ, “आगो अहिले नियन्त्रणमा आइसकेको छ ।”
 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ४ : ०८ बजे