डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

 बाँकेमा हतियार प्रहारबाट २८ वर्षीय युवक घाइते

जानकी । बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । 

विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । 

घाइते विकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताउनुभयो । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ । 
 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ११ : ०६ बजे