डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

पूर्वराष्ट्रपति भण्डारीले निजी निवासमा भाईलाई टिका लगाइदिनु भयो

​​​​​​​काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाई डेगेन्द्र पाण्डेलाई भाइटिका लगाइदिनु भएको छ ।

बुधबार बिहान १०:५१ बजेको शुभ साइतमा पूर्वराष्ट्रपति भण्डारीले चपलीहाइटस्थित निवासमा भाई डेगेन्द्र पाण्डेलाई भाईटीका लगाइदिनु भएको हो ।

नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाईएको छ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिनमा  भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ७ : ०४ बजे