दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विराट कोहलीले तोडे सचिनको रेकर्ड

काठमाडौं – भारतीय क्रिकेटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरको नाममा रहेको सर्वाधिक शतकको रेकर्ड भङ्ग गरेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगको खेलमा शतक बनाउँदै कोहलीले सचिनको सर्वाधिक ४९ शतकको रेकर्ड तोडेका हुन् ।

योसँगै कोहली एकदिवसीय क्रिकेटमा ५० शतक बनाउने पहिलो खेलाडी बनेका छन् । तेन्दुलकरले ४ सय ५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए । कोहलीले मात्र २ सय ७९ इनिङ्समा ५० औँ शतक बनाइ कीर्तिमान राखे ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ५ : ५३ बजे