डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

पूर्व राजा ज्ञानेन्द्र शाहबाट शुभसाईतमा बहिनीबाट टीका ग्रहण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट भाइटीका ग्रहण गर्नुभएको छ ।

पूर्वराजा शाहले उत्तम साइत पारेर बिहान बिहान १०:५१ बजे शुभ साइत कमलादीस्थित बहिनी शोभाको घर पुगेर टीका र प्रसाद ग्रहण गर्नुभएको हो

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यस दिनलाई यमद्वितीया पनि भनिन्छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  २ : १२ बजे