डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

राष्ट्रपति पौडेलले बहिनीहरुको हातबाट भाइटीका लगाउनुभयो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरुको हातबाट भाइटीका लगाउनुभएको छ ।

बुधबार विहान १० बजेर ५१ मिनेटको शुभसाइतमै राष्ट्रपति पौडेललाई बहिनीहरु शारदा पौडेल र चन्दा ओझाले भाइटीका लगाइदिनु भएको हो ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।

आज दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  १२ : २३ बजे