मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

कुन दिशामा फर्केर भाइटीका लगाउने ?

काठमाडौं ।  भाइटीका गर्दा दाजुभाइ कता फर्केर टीका लगाइमाग्ने, दिदीबहिनी कुन दिशामा फर्केर लगाइदिने भन्ने सबैको चासोको विषय हुन्छ।

यो भाइटीकामा टीका लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। चन्द्रमा वृश्चिक राशिमा भएकाले टीका लगाउने व्यक्तिको दाहिने पार्नु पर्छ’, उनले भने, त्यसैले लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्छ।’ 

सनातन धर्ममा शुभकार्य गर्दा चन्द्रमाको दिशा हेर्ने परम्परा छ। बुधबार चन्द्रमा वृश्चिक राशिमा रहेको छ। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पानुपर्छ। चन्द्रमालाई अगाडि पार्ने क्रममा दाजुभाइ उत्तर फर्किँदा दिदीबहिनी दक्षिण फर्किनुपर्ने भएकाले पूर्व–पश्चिम नै निर्देश गरेको अधिकारीले बताए।

दक्षिण दिशाचाहिँ पितृकर्मका लागि उपयुक्त मानिन्छ। त्यसैले यो भाइटीकामा टीका लगाइमाग्ने दाजुभाइलाई उत्तर नफर्किन भनिएको हो।

चन्द्रमाको दिशा नहेर्दा पूजाआदि कार्यमा पूर्व वा उत्तर फर्किनुपर्ने मान्यता छ।

नेपाली समाजमा कार्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने  चलन छ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ८ : ३२ बजे