सुनको मूल्यमा नयाँ कीर्तिमान

टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही हुने

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको हो । 

प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिइसकेको भएपनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै तत्काल निर्देशन कार्यान्वयन गरी जानकारी गराउन आग्रह गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । 

सरकारको निर्णय कार्यान्वयन गर्न प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई तत्काल टिकटक बन्द गर्न निर्देशन दिएको थियो । केही सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले आदेशको पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम कारबाही गरिने चेतावनी दिएको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ६ : २८ बजे