मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

जनकपुरमा रेलले किचेर मृत्यु हुने व्यक्तिको खुल्यो पहिचान

जनकपुर । जनकपुर–जयनगर रेलमा किचिएर आज (मंगलबार) बिहान मृत्यु हुने व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ ।

मृत्यु हुनेमा भारत बिहार राज्यको मधुवनी जिल्लाको जयनगर बेल्ही बस्ने वर्ष ६० का विन्देश्वर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिएका छन् ।

उनका अनुसार मंगलबार बिहाज जयनगरतर्फ जाँदै गरेको रेलले धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशन नजिक लिकमा किच्दा दासको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ४ : १५ बजे