मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

दुर्गा प्रसाईको अस्पतालले आगलागीका घाइतेलाई बर्न अस्पताल ‘रिफर’ गर्न आनाकानी गरेपछि …

मोरङ । मोरङ उर्लाबारीस्थित सुन पसलमा भएको आगलागीमा घाइते १० जनालाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज बिहान झापाको बीएण्डसी अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सबै १० जनालाई नेपाली सेनाको बिमानले भद्रपुर विमानस्थलबाट काठमाडौं लैजाने मुख्यमन्त्री कार्कीले जानकारी दिए । उर्लाबारीमा भएको आगोलागीमा परी घाइते भएर अस्पतालमा उपचार गराइरहेका १० जना सिकिस्त छन् । सो अस्पतालमा उर्लाबारी– ७ का सुमन सेन्दाङ, लालबहादुर लिम्बू, कविराज दाहाल, तपन पण्डित, विक्रम साहा उपचारर छन् । यस्तै सोही ठाउँका प्रकाश लिम्बू, रुकुमबहादुर कार्की, नवीन थापा, हेमकुमार दाहाल र करण संग्रौलाको पनि गम्भीर अवस्थामा उपचार हुँदैछ ।

बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले उपचाररत बिरामीको उपचार खर्च बुझाएर मात्र लैजान दिनु भन्ने अस्पताल कर्मचारीलाई निर्देशन दिएपछि मुख्यमन्त्री कार्कीले ‘बिरामीको ज्यान दायाँ–बायाँ भए प्रसाईंलाई प्रहरी लगाएर थुनाइ दिने’ चेतावनी दिएपछि बिरामी लैजान दिन प्रसाईं तयार भएका हुन् ।

प्रसाईंले ‘सबै खर्च बुझेर मात्र डिस्चार्ज गर्ने’ भनेपछि मुख्यमन्त्री कार्कीसँग ‘नोकझोक’ नै चल्योलठ । तर, उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताउँदै कार्कीले भने, ‘प्रक्रियागत कारणले केही समय लाग्नसक्छ । उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने हो ।’ संकटको बेला पैसाभन्दा पनि मानवीय चरित्र र सहयोगी भावना देखाउन आफूले प्रसाईंलाई सम्झाएको कार्कीले सुनाए ।

लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी–७ स्थित दीपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना जलेर घाइते भएका थिए । तीमध्ये विराटनगरका विभिन्न अस्पतालमा उपचाररत १४ जनालाई हिजो बर्न अस्पताल कीर्तिपुर पठाइएको थियो । प्रदेश सरकारको समन्वयमा थप उपचार गर्न उनीहरुलाई सेनाको स्काई ट्रकले विराटनगर विमानस्थलबाट काठमाडौं लगेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  १ : ४१ बजे