सुनको मूल्यमा नयाँ कीर्तिमान

जाजरकोटमा राहत बितरण कार्य स्थगित

काठमाडौं । भूकम्पबाट प्रभावित जाजरकोटको भेरी नगरपालिकाले तत्कालका लागि राहत बितरण कार्य स्थगित गरेको छ ।

पीडितहरुको तथ्याङ एकिन गर्न केही समय लाग्ने भएका कारण अर्को सुचना प्रकाशन नहुदा सम्म पहिलो चरणको राहत बितरण कार्य स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत दल बहादुर घर्तीले एक सुचना प्रकाशित गर्दे राहात अपुग अति संबेदशिल गर्भबति,सुत्केरी , तथा दीर्धरोगीहरुले आफ्नो बिरामी पहिचान गर्ने सम्बन्धित अस्पतालको बिरामी पुर्जी वा पहिचान खुल्ने प्रमाण सहित सम्बन्धीत वडामा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  १० : २९ बजे