दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

साइबर आक्रमणबाट ठप्प भएको ‘डीपी वर्ल्ड अष्ट्रेलिया’ आजबाट सुचारु

काठमाडौँ । साइबर आक्रमणका कारण अस्ट्रेलियाका धेरै बन्दरगाह सञ्चालन गर्ने विशाल कम्पनी ‘डीपी वर्ल्ड अष्ट्रेलिया’को काम तीन दिनका लागि ठप्प भएको थियाे । जसका कारण धेरै टर्मिनलको सञ्चालन नराम्ररी प्रभावित भएको छ ।

तर, आजदेखि कम्पनीको अनलाइन कारोबारमा आएको त्रुटि सच्याएर सुचारु गरिएको छ ।

यो साइबर हमला शुक्रबार भएको र सोमबार बिहान ९ बजेबाट कम्पनीको अनलाइन काम सुचारु गर्न सकिने बताइएको छ ।

डिपी वर्ल्ड अस्ट्रेलियाले अष्ट्रेलिया जाने वा त्यहाँबाट सर्ने करिब ४० प्रतिशत सामानको व्यवस्थापन गर्छ। यो दुबईको सरकारी कम्पनी डीपी वर्ल्डको सहायक कम्पनी हो।

यो कम्पनीले मेलबर्न, सिड्नी, ब्रिस्बेन र पर्थमा अवस्थित कन्टेनर टर्मिनलहरूको सञ्चालनलाई सम्हाल्छ।

यस्तो अवस्थामा यो साइबर हमलाले देशको व्यापारमा नराम्रो असर परेको छ । तर, यो समस्या भए पनि अष्ट्रेलियाका सुपरमार्केटमा सामानको आपूर्तिमा कुनै असर नपरेको बीबीसीले जनाएको छ ।

यी चार टर्मिनलबाट आज करिब ५ हजार कन्टेनर निस्कने कम्पनीले जनाएको छ ।

सरकारी साइबर सेक्युरिटी संयोजक ड्यारेन गोल्डीले तर आक्रमणकारीको पहिचान हुन नसकेको बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ३ : २९ बजे