सुनको मूल्यमा नयाँ कीर्तिमान

टिकटक आजैबाट बन्द हुने,बन्द गर्ने जिम्मा नेपाल टेलिकमलाई

काठमाडौं । सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले लामो समयदेखि टिकटकविरुद्ध गुनासो आइरहेको भन्दै मन्त्रिपरिषद्को बैठकले त्यसबारे निर्णय लिएको बताइन्।

उनले भनिन्, “यो निर्णय आजैबाट कार्यान्वयनमा जान्छ। यसलाई रोक्ने व्यवस्था मिलाउन हामीले नेपाल टेलिकमलाई जिम्मा दिएका छौँ।”

तिहारको समय चलिरहँदा नेपालमा ज्यादै लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लागेको हो।

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमाथि प्रश्न समेत उठिरहेको छ । 

 

 

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  २ : २९ बजे